Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अघिल्ला दुई विवाद नै मिलाउन नसकेको लोक सेवाले खुलायो २८४ शाखा अधिकृतको विज्ञापन

    अघिल्ला दुई विवाद नै मिलाउन नसकेको लोक सेवाले खुलायो २८४ शाखा अधिकृतको विज्ञापन

    अनलाइन नेपाल
  • बुधबार, २९ मंसिर २०७८
  • 915
    SHARES

    काठमाडौं । अघिल्ला दुई तहको विवाद अदालतमा विचाराधिन नै रहेको अवस्थामा लोक सेवा आयोगले २८४ जना शाखा अधिकृतका लागि विज्ञापन खुलाएको छ ।

    कर्मचारी समायोजनको विवाद अदालतबाट निरुपण हुन नसकेको अवस्थामा आयोगले बुधबार न्याय सेवाको कानून, न्याय तथा सरकारी वकिलतर्फ ७० गरी कूल २८४ जना अधिकृतको विज्ञापन गरेको हो ।



    लोक सेवाले यसअघिका दुई तहको प्रतिस्पर्धा टुंग्याएर सरकारलाई नियुक्तिका लागि सिफारिस गर्न सकेको छैन । त्यतिबेलाको विवाद कायमै रहेका बेला आयोगले फेरि नयाँ भर्ना प्रक्रिया थालेको हो ।



    बुधबार विज्ञापन खोलिएका पदहरुका लागि आगामी माघ २९ गते प्रारम्भिक परीक्षा छ । कर्मचारी समायोजनसम्बन्धी ती विवादहरुको एकमुष्ट सुनुवाइका लागि विहीबार पेशी तोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार