Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सप्तरीमा दुर्घटनाको डरलाग्दो रुप : १७ महिनामा १ सय १९ जनाको मृत्यु

    सप्तरीमा दुर्घटनाको डरलाग्दो रुप : १७ महिनामा १ सय १९ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २९ मंसिर २०७८
  • 1.2K
    SHARES

    file photo

    सप्तरी । सप्तरीमा दुर्घटना हवात्तै बढेको छ । प्रायः दैनिक रुपमा हुने दुर्घटनाका कारण व्यक्ति घाइते हुनुका साथै ज्यान समेत गुमाइरहेका छन् । जिल्लामा दुर्घटनाको तथ्यांक डरलाग्दो छ ।

    पछिल्लो १७ महिनाकै तथ्यांक हेर्दा १ हजार भन्दा बढी दुर्घटना भएको छ । यो दुर्घटनामा १ सय २९ जनाको मृत्यु भएको छ । गत आर्थिक बर्ष २०७७/०७८ को १२ महिना र चालू आ.ब.को मंसिर २७ गतेसम्म ११ सय १५ वटा दुर्घटना भएको छ ।



    गत आर्थिक बर्ष २०७७/०७८ मा जिल्लाभरि ७ सय ३१ वटा दुर्घटना भएको छ । दुर्घटनामा ८७ जनाको मृत्यु भएको छ । ३ सय ८५ जना गम्भीर घाइते र ७ सय ७३ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।



    कार्यालय प्रमुख एसपी अवि नारायण काफ्लेका अनुसार चालू आर्थिक बर्ष को साउन देखि मंसीर २७ गतेसम्म ३ सय ८४ वटा दुर्घटना भएको छ । यो दुर्घटनामा ४२ जनाको मृत्यु भएको छ भने सय जना गम्भीर तथा ४ सय ९४ जना सामान्य घाइते भएका छन् ।

    गत आर्थिक बर्ष २०७७/०७८ को १२ महिनामा सबारी साधनबाट रु १ करोड ८४ लाख, ७ सय ३० राजस्व संकलन भएको छ । यस्तै, चालू आ.ब.को मंसीर २७ गतेसम्म रु ७६ लाख राजस्व संकलन भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार