Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सप्तरीमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु

    सप्तरीमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २४ असोज २०७८
  • 945
    SHARES

    सांकेतिक तस्बिर

    रामनारायण यादव / सप्तरी । सप्तरीमा भएको छुट्टाछुट्टै दुर्घटनामा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका ६ ईन्द्रचौतारी चोकमा बसले दिएको ठक्करबाट मोटरसाइकलमा सबार एक जना महिलाको मृत्यु भएको छ ।

    पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०१–००१ प ०३३४ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बा ३ ख ९६९० नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलको पछाडि सबार खडक नगरपालिका ९ सरपा बस्ने ३० बर्षीया गुल्लु खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    दुर्घटनामा घाईते भएकी उनलाई उपचारका लागि अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
    उनका अनुसार दुर्घटनामा मृतकका पति मोटरसाइकल चालक ३२ बर्षीय कुदरस र ५ बर्षीय छोरा समद घाइते भएका छन् ।



    घाइतेको स्थानीयस्तरमा उपचार भइरहेको तथा ठक्कर दिने बस तथा बसका चालक दोलखाको कालिन्चोक गाउँपालिका ४ बन्चरे बस्ने ३३ बर्षीय नेत्र बहादुर थामीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस्तै, रुपनी गाउँपालिका ६ स्थित पूर्व पश्चिम राजमार्गमा स्कारपियोको ठक्करले एक जना बालकको मृत्यु भएको छ ।

    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना२ च ३७५४ नम्बरको स्कारपियो गाडीको ठक्करले स्थानीय तुलसी चौधरीको १० बर्षीय छोरा सुशिल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    गत असोज १८ गते घाइते भएका उनको उपचार भइरहेको अवस्थामा चिकित्सकले निको हुँदैन भनी डिस्चार्ज गरी पठाएपछि घर ल्याउने क्रममा शुक्रबार राति बाटोमै मृत्यु भएको डीएसपी काफ्लेले बताए । ठक्कर दिने स्कारपियोलाई नियन्त्रणमा राखिएको प्रहरीले जनाए

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार