Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • प्युठान कार दुर्घटना : मृतकमध्ये सात जनाको परिचय खुल्यो [नामसहित]

    प्युठान कार दुर्घटना : मृतकमध्ये सात जनाको परिचय खुल्यो [नामसहित]

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 969
    SHARES

    फाइल तस्विर

    प्युठान । प्युठानमा भएको कार दुर्घटनामा मृत्यु हुनेमध्ये सातजनाको सनाखत भएको छ । स्वर्गद्वारी मन्दिरको दर्शन गरेर फर्किने क्रममा कार दुर्घटना हुँदा आठजनाको मृत्यु भएको थियो । ती मध्ये सातजनाको सनाखत भएको हो ।

    मृत्यु हुनेमा दाङको तुल्सीपुर उपमहानगरपालिका–१५, कोेठरी बस्ने ३५ वर्षीया सरिता शर्मा पाखरेल, उनका छोराहरू १४ वर्षीय विशाल र ९ वर्षीय विकास पोखरेल रहेका छन् ।



    त्यस्तै, दाङको लमही नगरपालिका–७ गढवाका ४० वर्षीय गोविन्द शाह, उनका श्रीमती ३० वर्षीया राधा नेपाली, उनका छोरा ९ वर्षीय आदित्य शाह र कारका चालक लमही–५ का ४९ वर्षीय ताराबहादुर कुमालको सनाखत खुलेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । एकजनाको भने सनाखत हुन बाँकी छ ।



    स्वर्गद्वारी नगरपालिका–४, भ्यागुतेस्थित भिग्री स्वर्गद्वारी सडकखण्डमा लु १ च ६३४५ नम्बरको कार सोमबार दिउँसो अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार