Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • स्वर्गद्वारीमा कार दुर्घटना : मृतक आठै जनाको भयो सनाखत

    स्वर्गद्वारीमा कार दुर्घटना : मृतक आठै जनाको भयो सनाखत

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 1.3K
    SHARES

    प्युठान । स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किँदा कार दुर्घटनामा परी मृत्यु भएकाका आठै जनाको सनाखत भएको छ । सोमबार पौने ४ बजे स्वर्गद्वारी नगरपालिका-४ भि‌ग्रीस्थित सडक घुम्तीमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो । उक्त दुर्घटनामा ज्यान गुमाउने सबै दाङका हुन्

    घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकका ११ वर्षीय बालक शिशिर खनालको सनाखत भएसँगै मृतक सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।



    मृत्यु हुनेमा बालक शिशिर खनालसहित तुलसीपुर-१५ कोठरीकी ३४ वर्षीया सरिता शर्मा, उनका १४ वर्षीय छोरा विशाल र ९ वर्षे विकास, गढवा गाउँपालिका-७ का ४० वर्षीय गोविन्द शाह, उनकी ३० वर्षीया श्रीमती राधा नेपाली र छोरा ९ वर्षीय छोरा आदित्य शाह र कारचालक लमही नगरपालिका-५ का ४९ वर्षीय तारा कुमाल छन् ।



    घोराहीका शिशिर सरिताका साथीको छोरा भएको प्रहरीले जानकारी दिएको छ। शर्मा र शाहको परिवार घोराही-१० नारायणपुरमा कोठा भाडामा बस्दै आएका थिए। शाह स्थानीय एक फर्निचर उद्योगमा काम गर्थे। सरिताका श्रीमान भने वैदेशिक रोजगारीमा छन्।

    स्वर्गद्वारी मन्दिर दर्शन गरी दाङतर्फ आउँदै गरेको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिका-४ भिंग्रीको घुम्तीमा दुर्घटनामा परेको थियो। प्रहरीका अनुसार कार करिब ५०मिटर तल सडकमा आएर बजारिएको थियो । ओरालो घुम्तीमा ब्रेक फेल भएर कार दुर्घटना भएको हुनसक्ने अनुमान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार