Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तस्करीलाई रोक्न सिमानाकाका प्रमुखहरुलाई एसपी काफ्लेको निर्देशन

सप्तरी । केहि दिनअघि मात्रै सप्तरी आएका प्रहरी उपरीक्षक (एसपी) अविनारायण काफ्लेले तस्करीलाई रोक्न मातहत सिमानाकाका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

एसपी काफ्लेले मंगलबार सिमा नाकास्थित प्रहरी इकाईका प्रमुखहरुलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर यस्तो निर्देशन दिएका हुन् । सीमा भएर चोरी, तस्करी बढिरहेको गुनासो सुने लगत्तै एसपीले सबै इकाईका प्रमुखलाई बोलाएर तस्करीमा संलग्नलाई कार्वाही गर्न भनेका छन् ।

एसपी काफ्लेले चोरी, तस्करी, अबैध मालसामान ढुवारी तथा सिमानाकामा हुने अपराधिक कृयाकलापलाई नियन्त्रण गर्नका लागी आवश्यक निर्देशन दिएका हुन् ।

काफ्लेले सिमानाका प्रहरी ईकाइका कार्यालय प्रमुखसँग अहिलेसम्मको प्रगति विवरण समेत सुनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077