Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीबारे प्रधानमन्त्री देउवालाई प्रचण्डको ध्यानाकर्षण

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीमा असन्तुष्टि जनाएका छन् ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर अध्यक्ष प्रचण्डले क्यानले गरेको कारवाहीमा असहमति जनाउँदै यसबारे ध्यानाकर्षण गराएको प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।

अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगाका अनुसार देशकै इज्जत जोगाउने क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीले अन्तर्राष्ट्रिय रूपमै नराम्रो सन्देश गएको धारणा व्यक्त गरेका छन् ।

'क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीबारे अध्यक्षले चासो दिनुभएको हो, उनले भनिन्, 'क्रिकेटले देशकै इज्जत जोगाएको अवस्थामा खेलाडीमाथि कारबाही हुँदा राम्रो सन्देश गएन भनेर उहाँले प्रधानमन्त्रीसमक्ष आफ्नो धारणा राख्नुभयो ।'

प्रचण्डको ध्यानकर्षणपछि प्रधानमन्त्री देउवाले क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई फोन गर्दै यसबारे सोधखोज गरेका थिए। यसअघि गत बुधबार क्यानको बोर्ड बैठकले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077