Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस सहमहामन्त्री: पिछडिएको क्षेत्रबाट शेखर पक्षका पाण्डे विजयी, मुख्यमन्त्री शाही पराजित

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा पिछडिएको क्षेत्रबाट बद्री पाण्डे निर्वाचित भएका छन् ।

कांग्रेस निर्वाचन समितिका अनुसार शुक्रबार सम्पन्न मतगणनामा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार जीवनबहादुर शाहीलाई पराजित गर्दै नेता शेखर कोइराला पक्षका उम्मेदवार पाण्डे निर्वाचित भएका हुन्।

विजयी पाण्डेले २४११ मत ल्याए भने पाण्डेसँग पराजित भएका शाहीले २१३३ मत ल्याए । त्यस्तै, सहमहामन्त्रीका अर्का उम्मेदवार चेतराज बजालले ९९ मत ल्याए ।

पराजित भएका शाही कर्णालीका मुख्यमन्त्री हुन् ।

यसअघि आजै सम्पन्न मुस्लिमतर्फको सहमहामन्त्रीमा देउवा पक्षका फरमुल्लाह मन्सुर र खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077