Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२७ वर्षीय किमले कसरी पाए उत्तर कोरियाको कमाण्ड ?

काठमाडौं । उत्तर कोरियामा एक २७ वर्षीय युवकले सत्ता सम्हालेको १० वर्ष भएको छ । यसबीचमा उनी विश्वका चर्चित नेतामा परे।  आखिर २७ वर्षकै उमेरमा उनले कसरी सत्ता हात पारे?

प्योंगयांगको सडक रुँदै गरेका मानिसले भरिएको थियो। स्कुलको पोशाक लागाएका छात्र झुकेर पीडा पोखिरहेका थिए।

उत्तर कोरियाको सरकारी नियन्त्रणमा रहेको मीडियाले 'प्रिय नेता' किम जोङ इलको ६९ वर्षको उमेरमा मृत्यु भएको घोषणा गरेको थियो । तारिख थियो १९ डिसेम्बर २०११ । विश्वभरका कोरिया मामलाका विशेषज्ञ एक व्यक्तिका बारेमा जान्नका लागि आफ्ना फाइल खोतल्न जुटेका थिए।

मात्र २७ वर्षको उमेरका उनी तथाकथित महान उत्तराधिकारी भए । तर, कम मानिसले मात्र उनी कुनै पनि चिजमा सफल हुन्छन् भन्ने ठानेका थिए । उमेर र अनुभवलाई जोख्ने समाजमा एक यस्ता व्यक्तिले कसरी शाशन गर्न सक्थ्यो जो सँग दुवै थिएन ।

कतिपयले सैन्य हस्तक्षेप वा कोरियाली धनी वर्गद्वारा सत्ता हत्याउन सक्ने भविष्यवाणी गरेका थिए। तर, विश्वका यी युवालाई तानाशाह कम आकिएको थियो। किम जोङ उनले केवल आफ्नो पकड मात्र बलियो गरेनन्, उनले किम जोङ उन वादको नाममा नयाँ युगको सुरुवात गरे।

किम जोङ उन आफ्ना वुवा किम जोङ इल र हजुरबुवा किम इल संगको प्रशिक्षणमा हुर्किएका थिए। उनी सत्तामा आउँदा कतिपयले किम वंश परम्पराका अन्तिम उत्तराधिकारी ठान्थे । तर किमले उत्तरमा आफ्नो शक्तिलाई मजवुद बनाए।

आफ्ना प्रतिद्वन्द्वीको सफाया र सयौं मानिसलाई मृत्यु दिएर सुरु भएका उनले आफ्नो ध्यान विदेशी मामलामा लगाए।

चार परमाणु परीक्षण, १ सय बेल्यास्टिक मिलाईल परीक्षण गरे र अमेरिकी राष्ट्रपतिसँग कुराकानी गरेर अन्तर्राष्ट्रिय चासो र चर्चा पाए। तर परमाणु हतियारको अथक चाहको मूल्य उनले चुकाउनु परेको छ। उत्तर कोरिया अहिले संकटमा छ र सत्ता सम्हालेको समयभन्दा गरिब र एक्लो बनेको छ।

१९४८ मा उत्तर कोरिया अस्तित्वमा आएपछि किम परिवारले नै शासन गरिरहेको छ। उत्तरका मानिसलाई बताइने गरिएको छ की यो व‌ंश दैवीय हो, जुन उक्त वैशलाई वैध बनाउने एक तरिका हो।

किम जोङ उन उत्तर कोरियाको पवित्र 'पाएक्तू पर्वत रक्तवंश' का सदस्य हुन्। कोरियाली प्रायद्वीपको सबैभन्दा उच्च पर्वतको नाममा राखिएको यस पदको प्रयोग सत्ताधारी वंशका लागि गरिने गरिएको छ। बीबीसी हिन्दी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077