Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कांग्रेस महाधिवेशन: केन्द्रीय सदस्यको मतगणनामा शशांक कोइरालाको अग्रता [अपडेट]

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुलातर्फको ३५ केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ। शनिबार बिहान १० बजेदेखि सुरु हुने भनिएको मतगणना केही ढिलो सुरु भएको थियो ।

कांग्रेस निर्वाचन समितिका अनुसार हालसम्मको गणनामा डा. शशांक कोइराला अग्र स्थानमा रहेका छन् ।

समितिका अनुसार पहिलो १०० मत गन्दा सबैभन्दा धेरै ५३ मत डा. कोइरालाले पाएका छन् ।

त्यस्तै, दोस्रो स्थानमा रहेका उदयशम्शेर राणाले ४४, रामहरि खतिवडाले ४३, रमेश लेखकले ४२ र एनपी साउदले ३७ मत पाएका छन् ।

कांग्रेसमा खुलातर्फबाट ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुन्छन् । ३५ पदका लागि ९९ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077