Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कुलमान घिसिङ उत्कृष्ठ राष्ट्रसेवक अर्वाडबाट सम्मानित

काठमाडौँ । उज्यालो नेपालको अभियानमार्फत नेपालीलाई उज्यालो पुर्याई अतुलनीय योगदान गरेकामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन्।

लोडसेडिङ हटाएर नेपालीको घर घरमा खुसी ल्याउन महत्वपूर्ण योगदान गरेकाले कार्यकारी निर्देशक घिसिङलाई उत्कृष्ठ राष्ट्रसेवक अर्वाडबाट सम्मान गरिएको आयोजक संस्था क्यासनेप फाउण्डेशनले जनाएको छ ।

फाउण्डेशनका कार्यक्रम संयोजक राजन अधिकारीले नेपालमा पनि केही गर्न सकिन्छ र त्यसका लागि सकारात्मक पहल र प्रयत्न जरुरी रहन्छ भन्ने मानक स्थापित गरेकाले कार्यकारी निर्देशक घिसिङलाई सम्मान गरिएको जानकारी दिए ।

कार्यक्रममा गायिका आनी छोइङ, कलाकार पल शाह, हृदयरोग विशेषज्ञ कमल लम्साल, सांस्कृतिक संरक्षण अभियन्ता रविन्द्र पुरी, पत्रकार खेम बम र बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मीलाई सम्मान गरियो । राज्यमन्त्री उमेश श्रेष्ठले अवसरको खोजी गर्दै देशभित्रै केही गर्ने भावनाको विकास गर्न युवाले विशेष पहल गर्नुपर्ने बताए ।

नेपालमा अवसरै अवसर रहेको भन्दै उनले केही पनि काम पाइएन र केही पनि भएन भनेर विदेशिने प्रवृत्तिको अन्त्यका लागि राजनीतिमा नै सुधार गर्ने ध्येयका साथ आफू पनि सक्रिय राजनीतिक कर्ममा आएको बताए।

उनले आफूले पनि भोजपुरमा एक हजार रोपनीका कागती खेती गरेको तथा अन्य कृषि कर्मलाई अगाडि बढाएको जानकारी दिँदै देशमा अवसर खोज्न र सीपयुक्त अध्ययनमा केन्द्रीत हुन आग्रह गरे ।

राज्यमन्त्री श्रेष्ठले एक जिल्ला एक उत्पादनको अवधारणाका साथ अगाडि बढेकामा क्यासनेप फाउण्डेशनलाई सफलताको शुभकामना दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077