Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • मानसिक स्वास्थ्य क्लिनिकमा आगलागी हुँदा २४ जनाको मृत्यु

    मानसिक स्वास्थ्य क्लिनिकमा आगलागी हुँदा २४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ३ पुष २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ। जापानको ओसाका प्रान्तमा अवस्थित मानसिक स्वास्थ्य क्लिनिकमा आगलागी हुँदा  २४ जनाको मृत्यु भएको छ।

    क्लिनिकमा आगलागी हुँदा  २४ जनाको मृत्यु भएकोसञ्चारमाध्यमले शनिबार जानकारी दिएको छ । शुक्रबार बिहान आधा घण्टासम्म आगलागी भएको यस भवनमा सामान्य स्वास्थ्य सेवा समेत उपलब्ध गराउने क्लिनिक रहेको जनाइएको छ ।



    जेआर ओसाका स्टेशननजिकै रहेको भवनको चौथो तल्लामा लागेको आगो स्थानीय समयानुसार शुक्रबार बिहान १० :४५ बजे निभाइएको सिन्ह्वा समाचार एजेन्सीले स्थानीय दमकल विभागलाई उद्धृत गर्दै जनाएको छ । यस आगलागीमा परी कूल २४ जनाको मृत्यु हुनुको साथै अन्य चार जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर छ वा छैन स्पष्ट नभएको एएफपीका अधिकारीहरुले जानकारी दिएका छन् ।



    करिब २० वर्ग मिटर क्षेत्रफलमा आगलागी भएको थियो । एनएचके प्रसारकले आगलागीका कारण अज्ञात रहेको बताएको छ ।–एएफपी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार