Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • कैलालीमा २५ वर्षीय युवकलाई रुखमा बाँधेर नग्न बनाई घाँटी रेटेर हत्या

    कैलालीमा २५ वर्षीय युवकलाई रुखमा बाँधेर नग्न बनाई घाँटी रेटेर हत्या

    अनलाइन नेपाल
  • आइतबार, ४ पुष २०७८
  • 2.4K
    SHARES

    धनगढी । कैलालीमा एक जना युवकको घाँटी रेटेर  हत्या गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाको जानकी गाउँपालिका -९ का  २५ वर्षीय अरुण दासको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो।



    दासको शव सोही वडाको अमरावती सामुदायिक वनमा नग्न बनाई टाउको अलग पारिएको अवस्थामा शनिबार साँझ भेटिएको प्रहरीले जनाएको छ ।



    हत्या कस्ले र किन गर्‍यो भन्ने जानकारी नभए पनि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानमा तालिम प्राप्त कुकुरको पनि प्रयोग गर्ने बताइएको छ।

    घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरीको टोली सक्रिय छ ।

    यसअघि कैलालीमै टिकापुरका २३ वर्षीय भुपेन्द्र बडुवालको विभित्स हत्या गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार