Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बियरको बोतलले टाउको फुटाएर घाँटी रेटेको अवस्थामा महिलाको शव फेला

    बियरको बोतलले टाउको फुटाएर घाँटी रेटेको अवस्थामा महिलाको शव फेला

    अनलाइन नेपाल
  • सोमबार, १२ पुष २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    रामनारायण यादव/ सप्तरी  । सप्तरीमा एक महिलाको हत्या गरिएको आवस्थमा शव फेला परेको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ बरही विरपुरमा महिलाको घाँटी रेटेर हत्या गरिएको छ ।

    स्थानीय जमाहर यादवकी ५२ बर्षीया श्रीमती भुटनि देवी यादवको हत्या भएको सप्तरी प्रहरीले जनाएको छ ।



    आइतबार बेलुका घरबाट गहुँ खेतमा खरानी फाल्न गएकी यादव अबेर रातिसम्म घर नफर्केपछि घरपरिवारका सदस्यहरुले खोजी शुरु गरेका थए ।



    आज (सोमबार) बिहान उनको शव खेत नजिकै फेला परेको हो । घटनाको प्रकृति देख्दा उनको बियर बोतलले टाउकोमा हानेर हत्या गरेको हुन सकिने प्रहरीको अनुमान छ । घटना स्थलमा तीन वटा बियरको बोतल मध्ये दुईवटा फुटेको छ भन्ने अर्काे फालिएको भेटिएको छ ।

    उनलाई हत्याराहरुले लछार पछार गरी उनले लगाएको नाकको फुलीसहित अन्य गरगहना पनि लुटेको पीडित परिवारजनले बताएका छन् ।

    घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार