Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • धरानको होटलभित्र मृत भेटिएकी महिलाको हत्या आरोपमा प्रेमी पक्राउ

    धरानको होटलभित्र मृत भेटिएकी महिलाको हत्या आरोपमा प्रेमी पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २२ फाल्गुन २०७८
  • 999
    SHARES

    सुनसरी । प्रहरीले धरानस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा मृत भेटिएकी महिलाको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा धनकुटाको पाख्रीबास नगरपालिका–६ फलाटे स्थायी घर भइ इटहरी नगरपालिका–५ तुलसा टोल बस्ने २४ वर्षीय विनेश रानामगर रहेका छन् ।



    इलाका प्रहरी कार्यालय धरानका अनुसार आरोपित रानामगरले फागुन १६ गते राति ११ बजे ३९ वर्षीया सुमित्रा तामाङको हत्या गरेको अनुसन्धानमा खुलेको छ । घटनाको भोलिपल्ट अर्थात् फागुन १७ गते बिहान तामाङको शव कोठाभित्रै फेला परेको थियो । उक्त होटलमा मृतक तामाङसँगै दुई दिनदेखि बसेका रानामगर भने फरार भएका थिए ।



    प्रहरीले मृतक महिलाको साथबाट ठेगाना खुलेको नागरिकता बरामद गरेपछि उनको शव पहिचान गर्न, आफन्त खोज्न र अनुसन्धान गर्न सहज भएको थियो। मृतक महिलाकोअनुहार र शरीरभरि निलडाम चोट देखिएपछि हत्या भएको आशंका गर्दै प्रहरीले हत्याराको खोजी तीव्र बनाएको थियो ।

    उनले बयानका क्रममा आफूहरुबीच २ बर्षदेखि प्रेम सम्बन्ध रहेको स्वीकार समेत गरेको र आफूहरुबीचको विवादले उग्र रुप लिएपछि उनको घाँटी थिचेर हत्या गरेको समेत बताएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार