Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • महोत्तरीको जंगलमा एक महिलाको शव फेला

    महोत्तरीको जंगलमा एक महिलाको शव फेला

    अनलाइन नेपाल
  • शनिबार, ३ बैशाख २०७९
  • 1.5K
    SHARES

    जलेश्वर । महोत्तरीको मनरासिस्वा नगरपालिका–३ स्थित वनमा शुक्रबार राति एक महिलाको शव फेला परेको छ ।

    सम्सी गाउँपालिका–५ पोखरभिण्डा बस्ने सोगारथ साहकी पत्नी ५९ वर्षीया जिवशीदेवी शुक्रबार साँझ ५ बजे घाँस काट्न वनमा गएकी र रातिसम्म नफर्केपछि खोजतलास गर्दै जाँदा वनमा मृत अवस्थामा फेला परेकी थिइन् ।



    राति १० बजे पोखरभिण्डास्थित प्रहरी चौकीलाई खबर गरेलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले जाँचबुझ गर्दा उनको शरीरमा कुनै चोटपटक नदेखिएको जनाइएको छ ।



    स्थानीयवासी तथा आफन्तले उनको मृत्यु सर्पदंश वा उच्च तथा अल्प रक्तसञ्चारका कारण भएको हुनसक्ने अनुमान लगाएका छन् । प्रहरीले यसबारे अनुसन्धानको काम अगाडि बढाइसकिएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार