Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सर्लाहीमा ट्रकको ठक्करबाट एक विद्यार्थीको मृत्यु

    सर्लाहीमा ट्रकको ठक्करबाट एक विद्यार्थीको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ५ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    सर्लाही । सर्लाहीमा ट्रकको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ ।

    आज (सोमबार) विहान जिल्लाको लालबन्दी नगरपालिका वडा नम्वर ९ स्थित पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत बस्तीपुर चोकमा ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नम्वरको ट्रकले ठक्कर दिँदा लालबन्दी नगरपालिका वडा नम्वर ९ स्थित जनज्योति माविमा कक्षा ९ मा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको हो । मृत्यु हुनेमा चन्द्रनगर गाउँपालिका वडा नम्व १ का १६ वर्षीय दीपेन्द्रकुमार यादव रहेको सर्लाही प्रहरीले जनाएको छ ।



    इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरीक्षक निर्मल थापाका अनुसार टियुसन पढ्न जाने क्रममा पैदल हिडिरहेका बेला विद्यार्थीलाई ट्रकले ठक्कर दिएको थियो ।

    ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार