Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • तीन दिनदेखि हराइरहेकी महिला मृत फेला

    तीन दिनदेखि हराइरहेकी महिला मृत फेला

    अनलाइन नेपाल
  • मंगलबार, ६ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    महोत्तरी  । तीन दिनदेखि बेपत्ता महोत्तरीको मट्टीहानीकी एक महिला मृत अवस्थामा भेटिएकी छन् ।

    मट्टीहानी नगरपालिका वडा नम्वर ३ बर्दाहकी २२ वर्षीया रुक्सार खातुन मृत भेटिएकी हुन् । खातुन हराएको भन्दै उनका आफन्तले प्रहरी चौकी धिरापुरमा मौखिक जानकारी दिएका थिए ।



    खोजी गर्दा उनी घर नजिकैको सार्वजनिक पोखरीमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।



    प्रहरीका अनुसार शव पोष्टमार्टमका लागि जलेश्वर अस्पताल ल्याइएको छ ।

    घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार