Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • प्युठानमा दुई सन्तानसहित आमा जंगलमा मृत फेला

    प्युठानमा दुई सन्तानसहित आमा जंगलमा मृत फेला

    अनलाइन नेपाल
  • बुधबार, १२ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    प्युठान । प्युठानको प्युठान नगरपालिका –२ चितिखोलाका २६ वर्षीया गायत्री सुनार आफ्ना दुई सन्तानसहित जंगलमा मृत फेला परेकी छिन्।

    गायत्रीसँगै उनका दुई वर्षीय छोरा र पाँच वर्षीया छोरी मृत फेला परेका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले बताए ।



    प्युठान नगरपालिका– १ चेरनेटा नजिकको जंगलमा रुखमा झुण्डिएको अवस्थामा तीनैजनाको शव फेला परेको हो।



    सोमबार साँझ स्वर्गद्वारी नगरपालिका –८ हदचौरमा रहेको माइती घरजान भनेर गायत्री घरबाट निस्किएकी थिइन् । त्यसपछि उनीहरु वेपत्ता थिए । खोजी गर्ने क्रममा उनीहरुको शव फेला परेको हो ।

    गायत्रीका श्रीमान् रोजगारीका शिलशिलामा भारतमा छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार