Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • देशका विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

    देशका विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 381
    SHARES

    फाइल तस्विर

    काठमाडौं । विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।

    प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं महानगरपालिका-३२ सूर्यमुखी चोक डेरा गरी बस्ने नुवाकोट विदुर नगरपालिका-९ घर भएका ६७ वर्षीय नेप्टे सार्की आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।



    यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका-६ नयाँबस्ती बस्ने ६८ वर्षीय कृष्ण रानामगर आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।



    यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा सोही नगरपालिका-३ एक्राही बस्ने २६ वर्षीय शिवजी राउत सोमबार मृत अवस्थामा फेला परेका छन् ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार