Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • वडा कार्यालयभित्र युवती मृत फेला, अनुसन्धान गर्दै प्रहरी

    वडा कार्यालयभित्र युवती मृत फेला, अनुसन्धान गर्दै प्रहरी

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 8.4K
    SHARES

    कञ्चनपुर । कञ्चनपुरको एक वडा कार्यालयभित्र युवती मृत अवस्थामा भेटिएकी छिन् ।

    जिल्लाको भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयको सभाहलभित्र युवती झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।



    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अहिले घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ ।



    मृत फेला परेकी ती युवती भीमदत्त नगरपालिकाका एक नगर प्रहरीकी श्रीमती रहेको खुलेको छ ।

    प्रहरीले अहिले वडा कार्यालयको सीसीटीभी फुटेज जाँच र मृतकका श्रीमानसँग सोधपुछ गरिरहेको छ । माइती पक्ष पुगेपछि शव पोष्टमार्टमका लागि लगिने प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार