Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सादा पोसाकमा कार्यरत प्रहरी जवानको शव जंगलमा भेटियो, अनुसन्धान गर्दै प्रहरी

    सादा पोसाकमा कार्यरत प्रहरी जवानको शव जंगलमा भेटियो, अनुसन्धान गर्दै प्रहरी

    अनलाइन नेपाल
  • बिहिबार, २२ चैत्र २०८०
  • 12.9K
    SHARES

    कैलाली । कैलालीमा एकजना प्रहरी जवान जंगलमा मृत फेला परेका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ का २६ वर्षीय सुरजराम लुहार बुधबार बेलुका जंगलमा मृत भेटिएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनी धनगढी उपमहानगरपालिका–७ स्थित मनहेरा सामुदायिक वनभित्र झुण्डिएको अवस्थामा भेटिएका छन् । लुहार जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत थिए ।



    उनी त्यहाँ सादा पोसाकमा रहेर काम गर्दै आएका थिए । केहीदिन अघि उनी घर बिदामा आएको खुलेको छ ।



    मुचुल्का तयार गरेर शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा ल्याएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार