Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नुहाउन गएकी किशोरी औँला र पाखुरा काटिएको अवस्थामा मृत फेला

    नुहाउन गएकी किशोरी औँला र पाखुरा काटिएको अवस्थामा मृत फेला

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 3.4K
    SHARES

    फाइल तस्विर

    पाल्पा । पाल्पामा एक किशोरी मृत फेला परेकी छन् । जिल्लाको रिब्दिकोट गाउँपालिका-१ ख्याहास्थित कराम्दीमा मंगलबार सोही ठाउँकी १९ वर्षीया पद्‍मा सुनार मृत फेला परेकी हुन् ।

    उनी विहान घरभन्दा केही टाढा रहेको धारामा नुहाउन गएकी थिइन् । दिउँसो तीन बजेसम्म पनि घर नफर्किएपछि परिवारले खोजी गरेका थिए ।



    खोज्दै जाँदा घरभन्दा केही पर गोरेटो बाटोमा उनले बोकेको डोको, बाटा, बाल्टिन र कपडा फेला परेको थियो। बाटोभन्दा तल खरबारीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।



    धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । घटनाको अनुसन्धानमा एसपी नरेन्द्र चन्दसहितको प्रहरी टोली खटिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार