Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कांग्रेस महाधिवेशन: अहिलेसम्मकै सर्वाधिक पपुलर मत ल्याउन सफल मुक्ताकुमारी को हुन् ?

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत धनुषाकी मुक्ताकुमारी यादवले सर्वाधिक मत प्राप्त गरेकी छन् ।

कांग्रेस निर्वाचन समितिका अनुसार ७३ पदको मतगणना सकिएर अहिलेसम्म आएका परिणाममा यादवले सबैभन्दा धेरै चार हजार नजिक मत ल्याएकी हुन्।

मंगलबार मधेशी महिलातर्फको केन्द्रीय सदस्यमा विजयी भएकी मुक्ताले खसेको ४६७१ मतमा ३९६० मत प्राप्त गरिन् । अर्थात मुक्ताले झण्डै ८५ प्रतिशत मत प्राप्त गरिन्।

निर्वाचन समितिका अनुसार अहिलेसम्म गणना भएको मतको परिणाममा निर्वाचित उम्मेदवारले प्राप्त गरेको यो नै सबैभन्दा धेरै मत हो ।

यसअघि खुला केन्द्रीय सदस्यतर्फ निवर्तमान महामन्त्री शशांक कोइरालाले ३, ८३६ मत प्राप्त गरेका थिए । शशांकभन्दा पनि अगाडि बढेर मुक्ताले १२४ मत बढी ल्याइन् ।

धनुषा क्षेत्र नम्बर २ स्थित शहीदनगर-१ बालाबाखर निवासी ४४ वर्षीया यादव संविधानसभा सदस्य एवं राष्ट्रियसभा सदस्यको २ वर्षे कार्यकाल पूरा गरेकी निवर्तमान सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077