Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

केन्द्रीय कार्यालय तालाबन्दी गर्ने चेतावनी दिँदै ठाकुरलाई लोसपाभित्रै एक हप्ते अल्टिमेटम

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीभित्र महन्थ ठाकुर र राजेन्द्र महतो पक्षबीच गम्भीर विवाद सुरु भएको छ।

जनता समाजवादी पार्टीबाट छुट्टिएका पार्टी अध्यक्ष महन्थ ठाकुरलाई पार्टीकै महतो निकट नेताहरूले एक हप्ताको चेतावनी दिएका छन्। अध्यक्ष ठाकुरले  गत हप्ता प्रदेश २ मा अध्यक्ष जितेन्द्र सोनाल र प्रदेश सचिवमा रामविनोद चौधरीलाई मनोनयन गरेका थिए। उक्त मनोनयनलाई लिएर पार्टीभित्र विवाद सुरु भएको हो।

आफ्नो एकलौटी ढंगबाट मनोनयन गरेको भन्दै महतो पक्षका नेताहरुले ठाकुरलाइ चेतावनी दिएका हुन्। महतो निकट परदेश २ का नेताहरुले काठमाडौँमा आइ पार्टीको केन्द्रिय कार्यालमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् एकलौटी निर्णयबाट पछि हटेर  ठाकुरले उक्त मनोनयनलाई रद्द गर्नुपर्ने माग गरेका छन् आइतबार सम्मको समय दिँदै त्यस बेलासम्म ठाकुरले हाम्रो माग सुनुवाइ नगरे   हामीले पार्टी कार्यालय ताला लगाउने, धर्ना दिने जस्ता कार्यक्रम गर्छौ’महतो निकट लोसपाका केन्द्रीय सदस्य सञ्जय चौधरीले भने।

पार्टी अध्यक्षले एकलौटी ढङ्गबाट कार्यकारिणी समितिको बैठक समेत नबोलाई प्रदेश २ मा प्रदेश अध्यक्ष र प्रदेश सचिव मनोनयन गरेको चौधरीले आरोप लगाए। कार्यकारिणी समितिका बैठक बोलाएर बैठकबाट निर्णय गराउनु पर्थ्यो’चौधरीले भने।‘यो भनेको उहाँ(ठाकुर)को एकलौटी निर्णय हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077