Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै, चार अध्यादेश पेस गरिने सम्भावित कार्यसूची

काठमाडौँ।प्रतिनिधिसभाको तेस्रो बैठक आज दिउँसो १ बजे बस्दै छ। प्रतिनिधिसभाको आज  (बुधबार)को बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । जसमा चारवटा अध्यादेश पेस गरिने उल्लेख छ । साथै उक्त अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गरिने सम्भावित कार्यसूचीमा समावेश छ ।

एमाले सांसदको विरोध र नाराबाजी चलिरहँदा चालु १०औँ अधिवेशनको पहिलो बैठकमा पेस भएका ६ वटा र दोस्रो बैठकमा पेस भएका दुई अध्यादेशलाई बहुमतले स्वीकृत गरेको थियो ।

बैठकमा चारवटा अध्यादेश पेस गरिन लागेको र सोही अध्यादेश अस्वीकृत गरियोस् भन्ने सांसद प्रेम सुवालको प्रस्ताव पनि प्रस्तुत गरिने मंगलबार सार्वजनिक सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यस्तो छ सम्भावित कार्यसूची 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077