Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

न्याय सेवा आयोगको बैठक आज, जिल्ला न्यायाधीशको नजिता प्रकाशन गरिने

काठमाडाैं । न्याय सेवा आयोगको बैठक आज अपरान्ह बस्दैछ । बैठकमा जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गरिने भएको छ।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्न आयोगको बैठक अपराह्न ३ बजेका लागि बाेलाएका हुन् ।

आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ । कानून न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष आयाेगकाे सदस्य रहन्छन् ।

आयोगले २०७८ साउन १९ गते आन्तरिक, महिला, खुला, आदिवासी जनजाति र मधेसी गरी १८ जिल्ला न्यायाधीशको विज्ञापन गरेको थियो। उक्त आवेदनमा सहभागी हुँदै परीक्षामा सहभागी भएकाहरुको लोकसेवा आयोगले परीक्षा लिएको थियो।

उक्त परीक्षाको लिखित परिणामपछि मौखिक अन्तर्वार्तासमेत लिनुपर्ने भएकाले परिषद्को बैठक बोलाइएको कार्कीले पुष्टि गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077