Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माओवादी स्थायी कमिटी बैठक: अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन पेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको स्थायी कमिटीमा आफ्नो राजनीतिक प्रतिदेवन पेश गरेका छन् ।

पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार विहान बसेको बैठकमा प्रचण्डले आफ्नो प्रतिवेदनको बाचन गरेका थिए ।

त्यसबारे दिउँसो ३ बजे बस्ने बैठकमा छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रवक्ता पौडेलका अनुसार अध्यक्ष प्रचण्डको प्रतिवेदनमा सशस्त्र युद्धकालदेखि लिएको प्रचण्डपथको समीक्षा गर्ने उल्लेख गरिएको छ।

त्यस्तै निर्वाचन र शान्तिपूर्ण रुपमा समाजवादमा पुग्ने बाटो तय गर्ने, त्यसको माध्यम भनेको कम्युनिष्ट पार्टी नै भएको र त्यसको नेतृत्व माओवादीले लिनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077