Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओलीको हैसियत आगामी चुनावमा देखाइदिने प्रचण्डको चेतावनी (भिडियो)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेको हैसियत आगामी चुनावमा देखाइदिने दाबी गरेका छन्।

शुक्रबार नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र)को पार्टी एकता घोषणा कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई अहिले धाक धम्की दिएर नहिँड्न चेतावनी दिए ।

अध्यक्ष प्रचण्डले माओवादी आगो भएको र आगोसँग खेल्दा ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याइएको दाबी गरे । अध्यक्ष प्रचण्डले ओलीले आफूसँग जोरी खोज्दा ६ वटै प्रदेशबाट मुख्यमन्त्री चैट बनाइएको दाबी समेत गरे ।

‘अहिले धाक धम्की दिएर हिंडेका छन् त्यो धाक धम्कीको अर्थ छैन,' प्रचण्डले भने। आउने निर्वाचनमा तिनीहरुको हैसियत देखिन्छ । कसको हालत के हुन्छ भन्ने कुरा ।’

हेर्नुहोस भिडियो:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077