Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

स्रोत नखुलेको १६ लाखसहित भारतीय नागरिक पक्राउ

बारा । जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण आधारपुर बस्ने २२ वर्षीय रन्देश कुशवाहा रहेका छन्।

प्रहरीले उक्त रकमसहित कुशवाहलाई बारा जिल्लाको कलैया उपमहानगरपालिका–१० मटिअर्वा नहर चोकबाट पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा उनी सवार बिआर २२ एन ५०१४ नम्बरको मोटरसाइकल जाँच गर्दा उनको साथबाट १ हजार दरको १ हजार ३ सय थान र ५ सय दरको ६ सय थान गरी जम्मा १६ लाख रुपैयाँ समेत बरामद गरिएको हो।

यस बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077