Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • पौडेल, सिटौला र सिंह केन्द्रीय सदस्यमा मनोनित हुँदै

    पौडेल, सिटौला र सिंह केन्द्रीय सदस्यमा मनोनित हुँदै

    अनलाइन नेपाल
  • शनिबार, १० पुष २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ३ जना नेताहरुलाई पार्टी केन्द्रीय सदस्यमा मनोनित गर्ने भएका छन् ।

    स्रोतका अनुसार देउवाले आज (शनिबार) नेतात्रय रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहलाई केन्द्रीय सदस्य मनोनित गर्न लागेका हुन्।



    कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ । केन्द्रीय समितिको पहिलो बैठक बस्नु अगाडि सभापति देउवाले ३ जना नेतालाई केन्द्रीय सदस्य मनोनित गर्न लागेको स्रोतको भनाइ छ।



    कांग्रेस विधानमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनित गर्ने व्यवस्था उल्लेख छ ।

    यस्तै, आजको पहिलो केन्द्रीय कार्यसमितिको बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले सबैलाई धन्यवाद दिने, स्वागत गर्ने, निर्वाचन आयोगमा दल दर्ताका लागि निर्णय गर्नेलगायतको कार्यसूची रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार