Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस महाधिवेशन: नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडलले जानकारी दिए।

कांग्रेस निर्वाचन समितिका अनुसार गत मंसिर २४ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न १४औंँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन् ।

कांग्रेसको नयाँ विधानअनुसार यस महाधिवेशनबाट केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री पदका लागि निर्वाचन भएको थियो ।

यसबाहेक कांग्रेस विधानमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने व्यवस्था उल्लेख छ । प्रमाणपत्र वितरण कार्यक्रमलगत्तै नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077