Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • माओवादी सशस्त्र युद्ध र मधेश विद्रोहले गणतन्त्र ल्याएको उपेन्द्र यादवको दाबी

    माओवादी सशस्त्र युद्ध र मधेश विद्रोहले गणतन्त्र ल्याएको उपेन्द्र यादवको दाबी

    अनलाइन नेपाल
  • आइतबार, ११ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले तत्कालीन माओवादी सशस्त्र युद्ध र यसको जगमा भएको मधेश विद्रोहले गणतन्त्र ल्याएको बताए।

    आइतबारबाट सुरु भएको नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन्।



    अध्यक्ष यादवले विभिन्न राजनीतिक उपलब्धीहरू धरापमा पर्न थालेको टिप्पणी गरे । गणतन्त्र, संघीयता र समावेशी नै धरापमा पर्न थालेको हो कि भन्नेमा शंका रहेको  उनको भनाइ छ।



    कार्यक्रममा संघीयता, समावेशी र गणतन्त्रको विकल्प हुनै नसक्ने भन्दै यादवले संसदमा अवरोध गर्नुको कुनै तुक नरहेको बताए ।

    एमालेले हठ त्याग्नुपर्ने भन्दै उनले भने, ‘माधवजी संसदमा हुनुहुन्छ, त्यसकारण अवरुद्ध गरेँ भन्नुहुन्छ । माधवजी पनि यही हुनुहुन्छ, उहाँहरु पनि यही हुनुहुन्छ । सबै लाल झण्डा फरहराउँदै हुनुहुन्छ, हसिया हथौडा हल्लाउँदै हुनुहुन्छ ।’

    जसपा अध्यक्ष यादवले संघीय गणतन्त्रको विकल्प अरु कुनै तन्त्र हुन नसक्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार