Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्नी लियोनलाई मध्य प्रदेशका मन्त्रीको चेतावनी- त्यो भिडियो हटाउनु

नयाँ दिल्ली । मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले बलिउड अभिनेत्री सन्नी लियोन अभिनित युट्युभमा रिलिज ‘मधुवन मे राधिका’बोलको म्युजिक भिडियो हटाउन चेतावनी दिएका छन्।

हिन्दुस्तान टाइम्सका अनुसार गृहमन्त्री मिश्रले सन्नी लियोन र म्युजिक भिडियोको टिमले सो भिडियो आगामी तीन दिनभित्रमा हटाउनु पर्ने चेतावनी दिएका हुन् ।

यदी सो भिडियो नहटाए उनीहरुविरुद्ध कानुनी कारवाही गरिने गृहमन्त्री मिश्रको चेतावनी रहेको समाचारमा उल्लेख छ।

गृहमन्त्री मिश्रका अनुसार उक्त म्युजिक भिडियोले हिन्दुहरुको भावनामाथि चोट पुर्याएको छ।

यस्तै, सन्नी लियोन र उनको टिमले ‘मधुवनले राधिका नाचे’ बोलको म्युजिक भिडियो बनाएर  हिन्दुहरुको भावनामाथि थप चोट पुर्‍याउने प्रयास गरेको मन्त्री मिश्रको ठम्याई छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077