Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

न्यून चापीय प्रणालीको असर : कहाँ कस्तो रहने छ मौसम ?

काठमाडौँ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अबको केही दिन देशभरको मौसम बदली तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले आइतबार राति जारी गरेको हिउँद यामको विशेष मौसमी बुलेटिन जारी गरेर देशको पश्चिमी क्षेत्रबाट आइतबार प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव फैलिने क्रममा रहेको उल्लेख गरेको हो ।

राति पहाडी तथा हिमाली भूभागमा सामान्य देखि पूर्णतया बदली र तराइका भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

मंगलबार र बुधबार सो प्रणालीले देशभर फैलिई सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने महाशाखाले आँकलन गरेको छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

सो प्रणाली बिहीबार देखि क्रमिक रुपमा कमजोर बन्दै जाने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077