Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

लोहोरोले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

पाँचथर । जिल्ला प्रहरी कार्यालय पाँचथरले लोहोरो प्रहार गरी श्रीमतीकाे हत्या गरेको आरोपमा पक्राउ परेको छ ।

प्रहरीका अनुसार फाल्गुनन्द गाउँपालिका-२ इम्बुङका इन्द्रकुमार नेम्वाङले लोहोरो प्रहार गरी श्रीमतीकाे हत्या गरेका हुन् । ९ पुस दिउँसाे घरायसी झगडाका क्रममा नेम्वाङले प्रहार गरेकाे लाेहाेराेले लागेर ४५ वर्षीया जीवनकुमारी नेम्वाङ गम्भीर घाइते भएकी थिइन् ।

जीवनकुमारीकाे टाउकोमा लोहोरोले लागेकाे थियाे । उनकाे झापाको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हाे ।

जीवनकुमारीको मृत्युपछि मात्रै घटनाबारे थाहा पाएको प्रहरीले जनाएकाे छ । प्रहरीले इन्द्रकुमारलाई घरैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077