Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • स्पाइडर म्यानको नयाँ चलचित्रले कमायो दुई हप्तामै एक अर्ब डलर

    स्पाइडर म्यानको नयाँ चलचित्रले कमायो दुई हप्तामै एक अर्ब डलर

    अनलाइन नेपाल
  • सोमबार, १२ पुष २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । स्पाइडरम्यान शृङ्खलाको नयाँ भाग ग्लोबल बक्स अफिसमा कोभिड महामारी सुरु भएपछि एक अर्ब अमेरिकी डलर कमाउने पहिलो चलचित्र बनेको छ।

    ‘स्पाइडर म्यान: नो वे होम’ सन् २०२१ मा सबैभन्दा धेरै कमाउने चलचित्र पनि बनेको छ। यो चलचित्रले चिनियाँहरूले बनाएको कोरियाली युद्धसम्बन्धी चलचित्र ‘द ब्याटल अफ लेक चान्जिङ’ लाई पनि उछिनेको छ।



    उक्त चलचित्रले संसारभरि ९०.५ करोड अमेरिकी डलर कमाएको थियो। एक अर्ब डलरभन्दा धेरै कमाउने पछिल्लो चलचित्र सन् २०१९ को ‘स्टार वार्ज: द राइज अफ स्काईवोकर’ भएको मिडिया डेटा एनलिक्टिक्स कम्पनी कम्सकोरले जनाएको छ।



    अन्य कुनै हलीवुड चलचित्र कोभिड महामारी सुरु भएयता कमाइका हिसाबले बक्स अफिसको उक्त बिन्दुनजिक पुगेका छैनन्। मार्भल सिनेम्याटिक यूनिभर्सले निर्माण गरेको उक्त चलचित्रले सप्ताहान्तमा बक्स अफिसमा १.०५ अर्ब डलर आय पुर्‍याएको हो।

    सोनी र डिज्नीको सहनिर्माणमा बनेको सो चलचित्रले प्रीमीअर भएको दुई साताभन्दा कम समयमा त्यति पैसा कमाएको हो। कोभिडको ओमिक्रोन भेरिअन्ट तीव्र गतिमा संसारभरि फैलिरहँदा र त्यसले घरभित्रका गतिविधिमा नयाँ चिन्ताहरू सिर्जना गरिरहँदा उक्त चलचित्रको सफलताको खबर आएको छ।

    तर, विश्व चलचित्रको सबैभन्दा ठूलो बजार मानिने चीनमा स्पाइडर म्यान: नो वे होम अझै प्रदर्शन हुन थालेको छैन। सन् २०१९ को ‘स्पाइडर म्यान: फार फ्रम होम’ ले पहिलोप टक उक्त शृङ्खलाबाट बक्स अफिसमा एक अर्ब डलर नघाएको थियो।

    अझै कुनै शृङ्खलाअन्तर्गत सबैभन्दा धेरै कमाउने कीर्तिमान त्यो चलचित्रको रहेको कम्सकोरले जनाएको छ।दुई वर्षअघिको उक्त चलचित्रले विश्वभरि टिकट बेचेर १.१३२ अर्ब डलर कमाएको थियो। बीबीसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार