Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • अपराधमा प्रयोग भएको डलर लुकाएको आरोपमा असई पक्राउ

    अपराधमा प्रयोग भएको डलर लुकाएको आरोपमा असई पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १३ चैत्र २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । कानुनविपरीत कार्य गरेको आरोपमा एक असइ पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग साँखुमा कार्यरत असई दिलिप खड्का पक्राउ परेका हुन् ।

    उनी अपराधमा प्रयोग भएको डलर लुकाएको आरोपमा पक्राउ परेका हुन् । गत फागुन २ गते उनले डलर लुकाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।



    सिन्धुपाल्चोकका रेशम बुढाथोकीले मकवानपुरका सुरेश न्यौपाने र कैलालीका वीरेन्द्रबहादुर खड्कालाई सस्तोमा डलर साटिदिने भन्दै आठ लाख लिएर ठगी गरेका थिए ।



    डलर भनेर दिएको पोका कागजको बिटो मात्र भएको खुलेपछि बुढाथोकीमाथि लखेटेर कुटपिट भएको हो । गम्भीर घाइते भएका बुढाथोकीलाई साँखु प्रहरीले उद्धार गरी अस्पताल लगेको थियो । जसमा असइ खड्का अनुसन्धान गर्न गएका थिए। उनले बुढाथोकीसँग भेटिएको डलर लुकाएका हुन् ।

    उनलाई समेत भक्तपुर प्रहरीले थुनामा राखी अनुसन्धान अघि बढाएको छ । उता गम्भीर घाइते भएका बुढाथोकीको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीले त्यसपछि न्यौपोने र खड्कालाई पनि ज्यान मुद्दामा कारबाही अघि बढाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार