Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • लागूऔषध कारोबारीसँग घुस लिएको आरोपमा त्रिभुवन विमानस्थलका असईसहित जवान पक्राउ

    लागूऔषध कारोबारीसँग घुस लिएको आरोपमा त्रिभुवन विमानस्थलका असईसहित जवान पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १३ भाद्र २०७८
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धले लागूऔषध कारोबारीसँग घुस लिएको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत दुई जना प्रहरीलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा विमानस्थलमा कार्यरत असई सञ्जीव बस्नेत र सिपाही सुरज खड्का रहेका छन्।



    पक्राउ परेका उनीहरुले लागूऔषध कारोबारीसँग ९० हजार घुस लिएको खुलासा भएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ । शनिबार बिहान विमानस्थलबाटै दुवैलाई नियन्त्रणमा लिइएको बौद्ध प्रहरी बृत्तले जनाएको छ ।



    उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले समेत पुष्टि गरेका छन् । पक्राउ परेका उनीहरुमाथि यस बिषयमा थप अनुसन्धान भइरहको प्रहरीएसपी बस्नेतले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार