Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • क्राइम ब्रान्चको मान्छे हुँ भन्दै मोटरसाइकल लिएर भागेका युवक पक्राउ

    क्राइम ब्रान्चको मान्छे हुँ भन्दै मोटरसाइकल लिएर भागेका युवक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २५ माघ २०७८
  • 1.3K
    SHARES

    जनकपुरधाम । धनुषामा आफूलाई क्राइम ब्रान्चको मान्छे हुँ भन्दै डर, त्रास देखाएर मोटरसाइकल लिएर भागेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ थमौनाका १९ वर्षीय टिका यादव रहेको प्रहरीले जनाएको छ ।



    यादवले आफूलाई क्राइम ब्रान्चको मान्छे भन्दै मोटरसाइकलको ब्लू बुक निकाल्न लगाई यो मोटरसाईकल चोरीको हो र अनुसन्धान गर्न जिल्ला प्रहरी लग्नुपर्छ भनेर प्रदेश–२–०२–००५ प ६९ नम्बरको मोटरसाइकल र ब्लू बुक लगेका थिए ।



    धनुषा प्रहरीका अनुसार यादवले मोटरसाइकल धनीलाई डर त्रास देखाएर माघ २३ गते उक्त मोटरसाइकल लगेको बताए ।

    उक्त घट्नाको अनुसन्धान गर्ने क्रममा मंगलबार यादवलाई पक्राउ गरिएको र उनीविरुद्ध चोरी मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार