Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • १ करोड ९ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा असई अख्तियारको नियन्त्रणमा

    १ करोड ९ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा असई अख्तियारको नियन्त्रणमा

    अनलाइन नेपाल
  • शुक्रबार, ३० साउन २०७७
  • 2.5K
    SHARES

    काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक(असई) दीलीप कार्कीलाई नियन्त्रणमा लिएको छ । प्रहरी कल्याण कोष पेट्रोल पम्प नक्सालमा कार्यरत रहँदा एक करोड आठ लाख ९९ हजार एक सय ८४ रुपैयाँ हिनामिना गरेको सम्बन्धमा अनुसन्धान गर्न नियन्त्रणमा लिएको अख्तियारले जनाएकाे छ ।

    उनले पम्पमा कार्यरत हुँदा आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ मा झण्डै एक करोड नाै लाख रूपैयाँ हिनामिना गरेकाे आरोप लागेकाे र त्यही सम्बन्धी अनुसन्धान गर्न अख्तियारले नियन्त्रणमा लिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । कार्की प्रहरी प्रधान कार्यालय नक्सालको पत्रसहित बिहीबार अख्तियारमा दाखिला हुन गएका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार