Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मलेसियासहितका ६ मुलुकमा एसएसपी दर्जाको ‘प्रहरी सहचारी’ राख्ने प्रस्ताव

    मलेसियासहितका ६ मुलुकमा एसएसपी दर्जाको ‘प्रहरी सहचारी’ राख्ने प्रस्ताव

    अनलाइन नेपाल
  • सोमबार, १२ पुष २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले मलेसियासहित ६ मुलुकमा प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) दर्जाको प्रहरी सहचारी राख्न प्रस्ताव गरेको छ ।

    २०७८ असोजमा गृह मन्त्रालयलाई त्यसतर्फ आवश्यक पहल गर्नका लागि पत्राचार गरिएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले बताए ।



    सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कुँवरले सो कुरा बताएका हुन् । एसएसपी कुँवरका अनुसार प्रस्ताव गरिएका देशहरुमा मलेसिया, कतार, साउदी अरब, चीन, बंगलादेश, संयुक्त अरब इमिरेट्स र संयुत राष्ट्रसंघ रहेका छन्।



    त्रिवर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजना अन्तर्गत अन्तर्राष्ट्रिय क्षेत्रमा सुचना संयन्त्रको विकास गर्नका लागि सो प्रस्ताव गरिएको थियो । प्रहरीले अन्य देशहरुमा भएका घटनामा संलग्नहरुको अनुसन्धान तथा पक्राउ गर्न इन्टरपोलको सहयोगमा काम गर्दै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार