Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काठमाडौं उपत्यकासहित देशैभर विहानैबाट वर्षा, चन्द्रागिरिमा हिमपात

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बिहानै वर्षा र हिमपात भएपछि चिसो झनै बढेको छ ।

 

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

 

यतिबेला काठमाडौँमा पनि वर्षा भइरहेको छ । काठमाडौँमा वर्षासँगै प्रमुख पर्यटकीय केन्द्र चन्द्रागिरिमा हिमपात सुरु भएको छ ।

 

चन्द्रागिरी हिल्स लिमिटेडका जेनेरल म्यानेजर अभिषेक बिक्रम शाहले चन्द्रागिरीमा हिमपात सुरु भएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077