Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

अत्याधिक चिसोको कारण बुटवलका शैक्षिक संस्था दुई दिन बन्द

बुटवल। चिसो बढेको कारण बुटवलका विद्यालय दुई दिन बन्द गरिने भएको छ ।

 

हिउँदे वर्षासँगै बढेको अत्याधिक चिसोको कारणले  बुटवल उपमहानगरपालिकाले बुधबार  सूचना जारी गर्दै बुधबार  र बिहीबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

 

पश्चिम न्यून चापीय प्रणालीका कारण चिसो बढेको र चिसोसँगै मंगलबार रातिदेखि नै वर्षासमेत भइरहेको भन्दै उपमहानगरपालिकाले विद्यार्थीहरूको स्वास्थ्यको ख्याल गर्दै शैक्षिक संस्था बन्द गर्न आह्वान  गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077