Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माओवादी केन्द्रको महाधिवेशनमा नेताहरुको सम्पत्ति छानबिन गर्न माग

काठमाडौं। नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गत बन्दसत्रमा नेताहरुको  जीवनशैलीमा परिवर्तन आएको भन्दै सम्पत्ति छानबिनको माग भएको छ ।

मंगलबार बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि  छलफल सकिए लगत्तै केही टोली नेताले सम्पत्ति छानबिनको माग गरेका हुन् ।

प्रदेश २ बाट सत्यनारायण भगत, कर्णाली प्रदेशबाट विमला केसी, गण्डकी प्रदेशबाट गायत्री गुरुङलगायतले  नेताहरुको सम्पत्ति छानबिन र सार्वजनिक गर्नुपर्ने वताएका थिए । उनीहरुले यसबारे गम्भिर हुन  सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077