Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

किम जोङको नयाँ लुक्स

काठमाडौँ । उत्तर कोरियाका शासक किम जोङ उन अनौठो नियम बनाउन र लागू गर्नका लागि परिचित छन् । किम जोङ उनले केही दिनअघि मानिसहरूलाई हाँस्न, रोउन, किनमेल गर्न र पिउन ११ दिनसम्म प्रतिबन्ध लगाएका थिए ।

यसको कारण थियो उनका बुबा 'किम जोङ इल'को १० औं वार्षिकी, अर्थात् उनका बुवाको मृत्युको १० वर्ष पूरा भएपछि त्यहाँका जनतामाथि यो प्रतिबन्ध लगाइएको थियो।पछिल्लो समय किम निकै दुब्ला अनि पातला हुँदै गएका छन् ।

समाचारका अनुसार बुवाको वार्षिकीपछि आफ्नै पार्टीको कार्यक्रममा देखा परेका नेता किम  निकै पातलो देखिएका थिए। उनको तौल पनि धेरै घटेको छ । उत्तर कोरियाको कोरियन सेन्ट्रल न्यूज एजेन्सीका अनुसार सत्तारुढ वर्कर्स पार्टीको केन्द्रीय समितिको बैठकमा किम जोङ उन निकै पातलो देखिएका हुन्।

कार्यक्रममा उनी निकै पातलो देखिएका छन् र उनको अनुहार पनि पूरै परिवर्तन भएको छ । रिपोर्टका अनुसार उनलाई हेर्दा करिब ४० पाउण्ड तौल घटेको देखिन्छ।

सरकारी अधिकारीहरुका अनुसार देशमा खाद्यान्न अभावका कारण किम जोङ उनले कम खाना खाइरहेका छन् । अवस्था सामान्य नहुँदासम्म किमले देशका नागरिकभन्दा कम खाने बताएका छन्।

https://www.instagram.com/p/CHXJUy7Jm0U/?utm_source=ig_web_copy_link

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077