Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

देशभर हुस्सु-कुहिरो, दिउँसो यी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ।  हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ ।

आज दिउँसो देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शनिबार दिउँसो देशभर आंशिक बदली रहनेछ। गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077