Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

देशभर आंशिक बदली, धेरै स्थानमा हुस्सु र कुहिरो

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखामा अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ।

उपत्यकासहित देशभर हुस्सु तथा कुहिरोसहित चिसो बढेको छ। बिहानैदेखि लागेको हुस्सु तथा कुहिरो विस्तारै हट्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखा बताएको छ।

हाल देशको गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ। तराईका केही भूभागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ।

शनिबार दिउँसो देशभर आंशिक बदली रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

यस्तै राति पनि देशभर आंशिक बदलीको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077