Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माओवादी महाधिवेशन: पार्टीको विधान मस्यौदा सर्वसहमतिले पारित

    माओवादी महाधिवेशन: पार्टीको विधान मस्यौदा सर्वसहमतिले पारित

    अनलाइन नेपाल
  • शनिबार, १७ पुष २०७८
  • 1K
    SHARES

    काठमाडौँ । नेकपा माओवादी केन्द्र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदा पारित भएको छ । पार्टीको जारी आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजको बन्दशत्रले सोमबार पेश गरेको विधान मस्यौदा पारित गरेको हो ।

    महाधिवेशनको बन्दशत्रको पहिलो दिन सोमबार स्थायी समिति सदस्य गुरुङले विधान मस्यौदामा प्रस्तुत गरेका थिए । शनिबार गुरुङले विधान मस्यौदामाथि आएका सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएलगत्तै पार्टी विधान पारित भएको हो ।



    कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको आजको बन्द सत्रमा गुरुङले विधान मस्यौदामाथि आएको सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिइसकेका छन् ।



    विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्याइएको छ ।

    यस्तै, महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ । पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार