Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सहमतिका लागि केशिस गर्छौ, नभए निर्वाचनमा जान्छौं : प्रचण्ड

    सहमतिका लागि केशिस गर्छौ, नभए निर्वाचनमा जान्छौं : प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, १७ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति र पदाधिकारी चयनमा सहमति नभए निर्वाचनमा जाने बताएका छन् ।

    शनिबार महाधिवेशन बन्दसत्रमा सम्बोधन गर्दै उनले सहमतिका लागि कोशिस गर्ने तर सहमति नभएमा लोकतान्त्रिक अभ्यास कुण्ठित नगर्ने बताएका हुन् ।



    बन्दसत्रमा अध्यक्ष दाहालले सबैको कोशिस सहमति होस् भन्ने नै भएतापनि लोकतान्त्रिक अभ्यास वा जनवादी अभ्यास कुण्ठित गर्ने ढंगले आफू अघि नबढ्ने बताए ।



    उनका अनुसार केन्द्रीय समिति र पदाधिकारीमा सहमति जुटाउनका लागि अध्यक्ष मण्डललाई ५ बजेसम्मको समय दिइएको छ । त्यसपछि सहमति नभए निर्वाचन समितिले प्रक्रिया अघि बढाउने प्रचण्डको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार